Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी सन्‌राइजको ७५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ७५ लाख ८८ हजार ३ सय ९६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको मूख्य कार्यलय हात्तीसारमा आईपुग्ने गरी लिखित जानकारी दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त तोकिएको समयावधिभित्र विद्यमान सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर खरिदको प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE