काठमाडौं । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको १४ औं वार्षिक साधारण सभाले नगद लाभांश प्रस्ताव पारित गरको छ । मंसिर १६ गते सम्पन्न भएको उक्त सभाले ७.७२ करोड बराबरको नगद लाभांश प्रस्ताव पारित गरेकोे हो ।
आव २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सन्राईज क्यापिटल एक आपसमा गाभिई ०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।
सभामा प्रस्तुत आव २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आव २०८१/०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय भएको छ ।
साथै, मर्जर पश्चात आव २०८०/०८१ को एकीकृत वासलात बमोजिम प्रतिसेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् ७ करोड ७१ लख ९४ हजार ७३६.८० रुपैयाँ (१५ प्रतिशत कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको लक्ष्मी सनराईज क्यापिटलले जनाएको छ ।
तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ । हाल २० वटा कम्पनीहरुको शेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे छ र कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।
कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा २०८१ जेठ २८ गते १ अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात सोका ईकाइधनीहरुलाई ११.१४ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको ।
बाँकि ५ वटा योजनाले आ.व. २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ । विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृती प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरुबाट करिब ४० करोड संकलन गरिसकेको, बाँकी रकम चालु आवमा संकलन गर्ने लक्ष्यरहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्