Shikhar Insurance
National Life

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर’ अभियान सुरु, मोबाइल रिचार्जमा डब्बल बोनस

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण डिजिटल डिसेम्बर २०२४ अभियान सुरु भएकॊ छ ।

ुसहजताको नयाँ परिभाषा उपहार सँगैु नाराका साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैँकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागी विभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अभियानमा ग्राहकहरुले डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गरेमा बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्ने अफर रहेको छ ।

ग्राहकहरुले मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्ने र मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउने बैंकले जनाएको छ ।

क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्ने र लक्ष्मी सनराइज बैंकका क्वीआर सेवाग्राही व्यवसायीहरुले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्ने अफर सो अभियानमा समावेश गरिएको बैकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्