Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन । सेयर खरिको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई बैंकको मुख्य कार्यालय हात्तिसार काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्