Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी लघुवित्तले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको २० प्रतिशतका दरले हुने कुल ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये १५ प्रतिशतका दरले हुने ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने, ५ प्रतिशतका दरले हुने १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गर्न योग्य हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्