Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी भ्यालु फण्ड २ को एकाइ नेप्सेमा सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी भ्यालु फण्ड २ को इकाई सूचीकृत भएको छ। बुधबार नेप्सेमा फण्डको ८ करोड इकाई सूचीकृत भएको हो।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डले साउन ४ गतेदेखि ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको इकाई यस दिन नेप्सेमा सूचीकृत भएको हो।

फण्डको इकाई भदौ ३१ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ।

नेप्सेले फण्डलाई एलभीएफ २ स्टक टिकर प्रदान गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्