Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । राजधानीको र्‍याडिसन होटलमा दुवै पक्षबीच सम्झौता भएको हो।

सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदन आएपछि दुवै बराबरी हैसियत अर्थात स्वाप रेसियो १ बराबर १ अनुपातमा हुने गरी प्रारम्भिक सहमति भएको हो । अब दुवै बैंकले विशेष साधारणसभा डाकेर मर्जर प्रस्ताव पारित गर्ने छन्।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने समझदारी भएको छ। यससँगै मर्जर प्रक्रिया अगाडि बढाउन एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ। संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरू डा.मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दिपक नेपाल रहेका छन्।

सञ्चालक समितिमा सनराइज बैंक पक्षबाट मोतिलाल दुगड, मालचन्द दुगड र बच्छराज तातेड हुने छन्। लक्ष्मी बैंकबाट रमण नेपाल, स्वाति रुगटा र मनिष थापा हुने छन्। सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा एकीकृत कारोबारको मिति तयपछि बाहिरिने छन्। एक जना स्वतन्त्र सञ्चालक लक्ष्मी बैंक पक्षले नियुक्त गर्ने छ।

हाल सनराइज बैंकको चुक्ता पुँजी करिब १० अर्ब १२ करोड छ भने लक्ष्मीको ११ अर्ब ५५ करोड छ । मर्जर पश्चात बैंकको शाखा संख्या २८२ पुग्नेछ । बैंकको कुल निक्षेप २ खर्ब ७६ अर्ब १२ करोड तथा कुल कर्जा रकम २ खर्ब ५५ अर्ब २३ करोड पुग्नेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्