काठमाडौ । लक्ष्मी बैंकले सिईओ अजय बिक्रम शाहलाई दोहोयर्याउने निर्णय गरेको छ । साउन ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई पुनः सिईओ बनाउने निर्णय गरेको हो । शाहले लक्ष्मी बैंकमा चार वर्षे कार्यकाल काम गरिसकेका छन् । उनलाई बैंकले पुनः आगामी एक कार्यकालका लागि सिईओ बनाउने निर्णय गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर आरम्भ गरेका शाहले १० वर्ष काम गरेपछि लक्ष्मी बैंक रोजेका थिए । उनले लक्ष्मी बैंकमै काम गरेको करिब २ दशक पुगिसकेको छ ।
लक्ष्मी बैंकमा अजय बिक्रम शाहको कार्यकाल थपियो, अझै ४ वर्ष सिईओ रहने

प्रतिक्रिया दिनुहोस्