Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी टेक्नो प्लाष्टले १४ करोडकाे आइपिओ ल्याउने, बिक्रीमा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणको लागि आइपिओ बिक्री  गर्ने भएको छ । कम्पनीले  निष्कासनको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यका साथ १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ताले हुन आउने रकम १४ करोड बराबरको साधारण सेयरमा अंकित मुल्यमा प्रिमियम रकम थप गरी आइपिओ जारी गर्न लागेको छ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । उक्त कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सि.पि.भि.सि/पि.भि.सि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर
(प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादनमुलक उद्योग हो ।

यसले सि.पि.भि.सि/पि.भि.सि पाइप र फिटिङ्गसका लागि मुख्यतया ओम शिवम पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको विक्रि वितरण गर्दै आएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्