Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी इन्टरकन्टिनेन्टलकाे ‘मेड इन नेपाल हुन्डाई भेन्यु’को बिक्री सुरु, कति पर्छ मूल्य ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (LMC) बाट नेपालमा नै हुन्डाई भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाई ग्राण्ड १० NIOS  का साथै अल न्यु हुन्डाई क्रेताको उत्पादन पनि सुरु हुने जनाएको छ । ११९७ सीसी क्यापासिटीको हुन्डाई भेन्यु एफएल १.२ एस ४४ लाख ९६ हजार रुपैयाँ र हुन्डाई भेन्यु एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्