Skip to content
Shikhar Insurance
National Life

रौतहट र दोलखामा “युवासँग महालक्ष्मी लाईफ”

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो ।

कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिगम्वर प्रसादले बीमा सम्वन्धी प्रशिक्षण दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको गौर कार्यालयका कर्मचारी राजेश कुमार साहले संचालन गरेको कार्यक्रममा प्रधानाध्पापक यादवले बीमा विषय आम जनताको लागि नयाँ भएकोले यस्ता सचेतना सम्वन्धी कार्यक्रम नियमित सम्पन्न गर्नु पर्ने सुझाव दिए ।

त्यसैगरी फागुन २८ गते शनिवार दोलखाको चरिकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । होटल पानारोमा मा कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो ।

महालक्ष्मी लाईफको एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मति प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE