Skip to content
Shikhar Insurance
National Life

रेडियोधर्मी विकिरण चपेटामा रुसी फौज, सैयाैँ सैनिककाे मृत्यु

Hyundai
NCELL
NIMB

एजेन्सी । खतरनाक रेडियोधर्मी विकिरणबाट पीडित हुन पुगेपछि सयौं रुसी फौजले हतार हतार युक्रेनस्थित चेर्नाेविल आणविक भट्टी छाड्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

विश्वमै सबैभन्दा भयावह आणविक दुर्घटनाको इतिहास बोकेको चेर्नोविल भट्टी नजिकको रेडियोधर्मी प्रदूषित रेड फरेस्टमा रुसी फौजले युद्ध तयारीका लागि खाल्डो खनेको थियो

विकिरणको प्रत्यक्ष संसर्गमा आएका सेनाको अहिले वेलारुसको गोमलेस्थित विशेष अस्पतालमा उपचार भइरहेको छ । सन् १९८६ का चेर्नोविल आणविक दुर्घटनापछि हजारौ सल्लाको रुख रातो रंगमा परिणत भएपछि त्यो जंगलको नाम नै ‘रातो जंगल’ हुन पुगेको थियो ।

अत्यन्तै विषाक्त मानिएको सो क्षेत्रमा चेर्नोविलका तालिम प्राप्त कर्मचारीलाई समेत प्रवेश गर्ने अनुमति छैन । युक्रेनी आणविक उर्जा स्टेसनरूका प्रमुख निकाय एनर्र्गोटमले रुसी फौज निकै अत्तालिएर त्यहाँबाट भागेको जनाएको छ ।

तर, आक्रमणका शुरुआतका दिनहरूमै युक्रेनको सो चेर्नोविल आणविक भट्टी कब्जा गरेका रुसी फौजमध्ये अझै केही भने त्यहीँमाथि रहेको पनि बताइएको छ । रुसले त्यतिवेला आतंककारीहरूको हातमा पर्न नदिन सो आणविक भट्टी कब्जा गरेको सफाइ दिएको थियो ।

खाल्डो खन्दै गरेका ती रुसी फौजमा विकिरणको नकारात्मक असर तत्कालै देखा परेको थियो । स्थानीय संचार माध्यमले बिहीबार विहान सवेरै सातवटा बसमा रुसी सेना गोमेल आइपुगेको जनाएको छ । केही पत्रकारहरूले मृत सेना बोकेका केही बस राति वेलारुसबाट रुसतर्फ जाने गरेको पनि बताएका छन् ।

तर, रुसले भने आक्रमण घटाउने नीति अनुरुप चेर्नोविलबाट आफ्नो फौज फर्काइएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्