Skip to content
Shikhar Insurance
National Life

रेडमी नोट ११ बजारमाः यस्ताे छ विशेषता र मूल्य

Hyundai
NCELL
NIMB

काठमाडौं । शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेडहरू ल्याउँदै आजदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौँ । जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ ।

भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ, जसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ । यो विरासतलाई कायम गर्दै हामी  रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ, जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ।

फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।’

फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मि नोट ११ मा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सहित आएको छ । जसले तपाईंलाई आफ्नो  अमुल्य क्षणहरू उच्च रिजोल्युसनमा खिच्न र शेयर गर्न सजिलो बनाएको छ ।

११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपिको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकको वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

४ जीबी + ६४ जीबी  भेरियन्ट २२,९९९
४ जीबी + १२८ जीबी  भेरियन्ट २४,९९९
६ जीबी + १२८जीबी  भेरियन्ट २६,९९९

GBIME

प्रतिक्रिया दिनुहोस्