Skip to content
Shikhar Insurance
National Life

रु रु जलविद्युतले गर्याे १०.५२ प्रतिशत लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय

Hyundai
NCELL
NIMB

काठमाडौं । रु रु जलविद्युत परियोजनाले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनी सञ्चालक समितिको पुस १ गते आइतबार बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

कम्पनीले नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा पनि बोलाएको छ। सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ। सोहि अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्