Skip to content
Shikhar Insurance
National Life

रुपन्देहीको सियारी गाउँपालिकाका २५० घरधुरीलाई जग्गाधनी पुर्जा वितरण

Hyundai
NCELL
NIMB

लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका २ सय ५० घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले वडा नं. २, ४ र ५ का २ सय ५० घरधुरीलाई पुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले लामो समयको पहल र मेहनतपछि सियारीवासीले पुर्जा प्राप्त गरेको बताए।

विस २०२५ सालमा नापीमा छुटेका तर शुरु नापी हुदाँदेखि नै जोगभोग गरे पनि पुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा एक हजार आठ सय गाउँँ ब्लकको नापी भएकामध्ये एक हजार एक सय ५० गाउँ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए। उनले सियारीमा एक सय १५ गाउँ ब्लकमध्ये अब ३५ बटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पुर्जा वितरण गर्न बाँकी रहेकाको पनि छिट्टै नै वितरण गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्