Skip to content
Shikhar Insurance
National Life

रिलायबल लाइफको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि आरएनएलआई संकेत प्रदान गरेको छ । नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

आइतबार सोहि रेञ्जलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर निष्काशमा ल्याएको थियो । सो सेयर समेत नेप्सेमा सूचीकृत भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्