Skip to content
Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफको वार्षिकोत्सव सम्पन्न, सेवालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीले विभिन्न कार्यक्रम गरी सो वार्षिकोत्सव सम्पन्न गरेको हो ।

कम्पनीले हालसम्मको उपलब्धीबाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको र भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्नको लागी प्रेरणा प्राप्त हुने अपेक्षा गरेको छ । कम्पनीले अगामी दिनमा सेवा उच्च प्राथमिकतामा राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुययाउन अहं भूमिका खेल्न हुने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई हार्दिक आभार व्यक्त गर्दछौँ’ कम्पनीले भन्यो ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौलि शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य सिविर, धनकुटामा स्थास्थ्य सिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरु वितरण तथा सरसफाई गरेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्