Skip to content
Shikhar Insurance
National Life

रिलायन्स लाइफको जीवन बीमा कोष १६२ प्रतिशतले बढ्यो, बीमा शुल्क पनि १३२.९१ प्रतिशत

Hyundai
NCELL
NIMB

काठमाडौं रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क १३२.९१ प्रतिशतले बढेको छ । २०७६ चैत मसान्त अवधीमा ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७७ चैत मसान्त अवधीमा एक अर्ब ८४ करोड रुपैयाँ संकलन गरेको हो ।

कम्पनीको जीवन बीमा कोषको आकार पनि १६२.७९ प्रतिशतले बढेको छ । गत चैत मसान्त अवधीमा ८६ करोड रुपैयाँ जीवन बीमा कोषमा थियो, यसपाली सो कोषको आकार २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

दुई अर्ब १० करोेड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा २० करोड छ । कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा एक अर्ब ९१ करोड लगानी गरेको छ । गत चैत मसान्त अवधीमा त्यस्तो लगानी एक अर्ब २ करोेड रुपैयाँ मात्रै थियो ।

रिलायन्सले बीमालेख धितोमा २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले १२ हजार एक सय २० वटा बीमालेख जारी गरेर हालसम्म ४ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।

रिलायन्सले हालसम्म १४२ वटा दावी वापत २३ करोड ६४ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी ४.१८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ ११०.८८ रुपैयाँ रहेको छ ।

कम्पनीले चालु आवको नौ महिनामा ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७ दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपी यो नाफा बीमांकीय मूल्यांकन अघिको हो ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबै भन्दा पहिले आईपीओ जारी गरेको रिलायन्सको समग्र वित्तिय विवरणले कम्पनी दिगो प्रतिफल दिने बाटोमा अघि बढेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्