Skip to content
Shikhar Insurance
National Life

रियलमीको “दशैं तिहार उमंगः उपहारले सबै दंग” नयाँ स्मार्टफोन किन्दा स्कुटर जित्ने माैका

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमंगः उपहारले सबै दङ्ग’ योजना ल्याएको छ । असोज २८ देखि कात्तिक २९ सम्म लागू हुने यस क्याम्पेनअन्तर्गत ग्राहकहरूले वासिब मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी२ प्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन्।

रियलमी नेपालका कन्ट्री मुनिष गिरीले भने, “नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैं तिहार उमंगः उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ । रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको माया र साथप्रति हामी सदैव आभारी छौँ । यहाँहरु सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामाना व्यक्त गर्न चाहन्छौँ ।”

यस क्याम्पेनअन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जीबी +१२८ जीबी) न जित्न सक्नेछन्। त्यस्तै बम्पर उपहारमा कोनका वासिब मेसिन (७ केजी अटो), कोनका ५५” ४ के टिभी, रियलमी जीटी२ प्रो, र टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन्।

यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.com मा गएर आफूले खरिद गरेको नयाँ स्मार्टफोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्