काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर पास गराउन साधारण सभा डाकेको छ । जेठ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार ८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सोही साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्नेछ । रिडीको बुक क्लोज भने जेठ ३२ गते एक दिन मात्रै हुनेछ । अर्थात जेठ ३२ गते अघि रिडी पावरको सेयर किनेका लगानीकर्ताहरुले हकप्रद भर्न पाउनेछन् ।
रिडी पावरले ५० प्रतिशत हकप्रदको निर्णय पास गर्न डाक्यो साधारण सभा

प्रतिक्रिया दिनुहोस्