Skip to content
Shikhar Insurance
National Life

रास्वपाका सभापति रविको गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा फेला, अवस्था गम्भीर

Hyundai
NCELL
NIMB

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला परेका छन् ।उनी आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेको समयमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका ३९ वर्षिय शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेर घाईते भएका हुन् ।

उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्