Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंक बिरुद्धमा नाडा सडकमा (फाेटाे फिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले बैंकको ब्याजदर विरुद्ध बिरुद्धमा देशैभर बिरोध प्रदर्शन गरेको छ । मंसिर १६ बाट चरणवद्ध आन्दोलनको कार्यक्रम गर्दै आएको नाडाले आज काठमाडौंको माईतिघरमा प्लेकार्ड सहित धर्ना दिएको छ ।

सो धर्ना कार्यक्रमलई सम्बोधन गर्दै नाडा अध्यक्ष ध्रुव थापाले भने–‘राज्य तथा नियामक निकायले हाम्रो उचित मागलाई बेबास्ता गर्यो, नेपालको इतिहाँसमा पहिलोपक नाडा सडकमा आउन बाध्य भयो, आन्दोलन हाम्रो रहर हैन बाध्यता हो ।’
राज्यले आयात खोलेपनि राष्ट्र बैंकको मनोमानी पुर्ण नीतिका कारणले गाडिहरु बिक्रिहुनै नसक्ने अबस्था रहेको छ । जसका कारण १ खर्ब भन्दा धेरैको लागानी जोखिममा परेको तथा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ११ लाख भन्दा धेरै मानिस बेरोजगार हुने अवस्था आएको बताए ।

‘अटोमोबाइल क्षेत्रका बिभिन्न समस्याहरु हमिले पटक पटक अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, उद्योग मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायतका सरोकारवाला निकायमा छलफल गरेपनि राज्यको तर्फबाट कुनैपनि सुनुवाइ भएन जसबाट हामी आन्दोलनमा जान बाध्य भयौं, हामिले मंसिर १६ बाट पहिलोचरणको चरणवद्ध आन्दोलन आजसम्म घोषणा गरेका थियौं तर आजसम्म सरोकारवाला पक्षबाट हाम्रो माग सम्बोधमा कुनै चसो नदेखाएकोले हामी भरे बस्ने कार्यसमितीको बैठकबाट आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गर्ने छौँ’,अध्यक्ष थापाले भने ।

नाडाको यस आन्दोलनमा अटोमोबाइस सम्बद्द अन्य संघ संस्था, नेपाल उद्योग वाणिज्य महासंघ लागायत अन्य संघसंथाको समेत सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्