Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकको नीतिले साढे २९ अर्ब सेयर कर्जा फिर्ता, नविकरण नहुँदा साउनमै ३ अर्ब ७० करोड रूपैयाँ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको नियमकीय व्यवस्थाले सेयर बजारबाट ३ अर्ब ७० करोड ४८ लाख रुपैयाँ बैंकिङ प्रणालीमा फिर्ता आएको छ । बैंकहरुले ४/१२ करोड रुपैयाँभन्दा माथि दिएको कर्जा नविकरण गर्न नपाउने भएपछि सो परिमाणको पैसा साउन महिनामै लगानीकर्ताहरुबाट फिर्ता लिएको हो ।

राष्ट्र बैंकले गत वर्षको साउन महिना देखि लागू हुने गरी सेयर धितो कर्जामा ४/१२ करोड नीति लागू गरेको थियो । सो अवधिसम्म बैंकहरुले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ बढी सेयर धितोमा कर्जा प्रवाह गरिसकेका थिए ।

जसमा राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म सीमामा ल्याउन निर्देशन दिनुका साथै, सेयर धितो कर्जा नविकरण समेत खारेज गरेको थियो । सो अघिसम्म बैंक तथा वित्त कम्पनीहरुले सेयर धितो राखेर मुल्यांकनमा ७० प्रतिशतसम्म कर्जा दिएर १ पटक नविकरण गर्न पाउथ्ये ।

तर, सो यता सेयर धितो राखेर कुनै एक बैंकबाट ४ करोड रुपैयाँ र सम्पुर्ण बैंकिङबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । जसले गर्दा सेयर धितोमा प्रवाहित कर्जामध्ये २९ अर्ब ४८ करोड रुपैयाँ बढी बैंकिङ प्रणालीमा फिर्ता आएको छ । साथै, राष्ट्र बैंकले नविकरणको व्यवस्था नै खारेज गरेपछि २०७९ साउन महिनामै ३ अर्ब ७० करोड ४८ लाख रुपैयाँ फिर्ता आउँदा सेयर धितोमा प्रवाहित कुल कर्जा ७९ अर्ब ८० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।

आव २०७८ असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेको थियो । जसमा बैंकहरुले २०७९ साउन मसान्तसम्म आइपुग्दा २९ अर्ब ४८ करोड रुपैयाँ फिर्ता लिएका हुन् ।

राष्ट्र बैंकले २०७९/८० को मौद्रिक नीतिमार्फत् ४ करोड खारेज गरी १२ करोड रुपैयाँको मात्रै सीमा लागु गरेको छ । तर, २०७९ असार मसान्त अगावै प्रवाहित १२ करोड रुपैयाँ बढी कर्जा नविकरण गरेमा शत प्रतिशत कर्जा नोक्सानी वापत राख्नु पर्ने व्यवस्था गरेको छ ।

सोही कारणले गर्दा बैंकहरुले साउन महिनामै ३ अर्ब ७० करोड रुपैयाँ बढी सेयर धितोमा प्रवाहित कर्जा फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जसमा सबैभन्दा बढी १ करोड रुपैयाँ भन्दा बढी २ अर्ब ८४ करोड ६० लाख रुपैयाँ कर्जा फिर्ता भएको छ । साथै, साउन महिनामै ५० लाख रुपैयाँभन्दा बढी १ करोड रुपैयाँसम्म सेयर धितो कर्जा १७ करोड ५३ लाख, २५ लाखभन्दा माथि ५० लाख रुपैयाँसम्म ५४ करोड ४३ लाख, २५ लाख रुपैयाँसम्म १३ करोड ९२ लाख रुपैयाँ सेयर धितो कर्जा बैंकहरुले फिर्ता लिएका हुन् ।

अघिल्लो आवको असार मसान्तमा कुल प्रवाहित सेयर धितो कर्जामा १ करोड रुपैयाँभन्दा बढी ७३ अर्ब ५३ करोड, ५० लाखदेखि १ करोड रुपैयाँसम्म १२ अर्ब १ करोड रुपैयाँ, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म १३ अर्ब ३५ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्म ७ अर्ब ३७ करो्ड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE