Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकको नीतिका कारण सेयर बजार घटेको हो, सुधारका लागि सरकार गम्भिर छः अर्थमन्त्री

Hyundai
NCELL
NIMB

सेयर बजारमा सबै खाले नागरिकले आफ्नो हैसियत अनुसार लगानी गर्न कानुनले छुट दिएको छ । त्यसो हुनाले चाहे इञ्जिनियर, शिक्षक वा अरु कुनै पनि पेसा व्यवसायका मानिसले बजारमा लगानी गर्न पाउँछन् । कसैले पुर्णकालीन रुपमा त्यसैलाई व्यवसाय नै मानेर लगानी गर्छन् भने कतिले आफ्ने पुँजी त्यहाँ लगानी गरे केहि आम्दानी हुन्छ भन्ने आसयले पनि लगानी गर्छन् । त्यसकारण यस्तो लगानीलाई हामीले अनुचित मान्नु हुदैन, त्यही कारणले यो सेयर कारोबार घट्यो, सेयर मुल्य घट्यो वा आत्महत्या गर्नेसम्म पुग्यो भन्ने निस्कर्षमा हामी पुग्नु हुदैन । र सेयर कारोबारमा कोहि पनि अनुचित रुपमा नठगीउन् केहि व्यक्तीहरुले सेयर कारोबारलाई म्यानुपुलेसन गर्न, इन्साइडरसेन्ड ट्रेडिङ, सुचना लिक गरेर त्यस किसिमबाट प्रभावित गर्न नपाउन् भन्ने बारेमा हामीले यथेष्ट निगरानी गरीरहेका छौं ।

अहिले सेयर कारोबार र त्यसको मुल्य गिरेको छ, यसका विविध कारणहरु रहेका छन् । केही सेयर बजारको कारोबारमा राष्ट्र बैंकले राखेका नीतिहरुले पनि त्यस्तो भएको छ । तथापी यसलाई सहज बनाउन सरकारको तर्फबाट र संगसंगै राष्ट्र बैंक तथा सेयर बजारको नियमन जुन हुन्छ, त्यसबाट परेको प्रभावका विषयमा पनि हामीले आवश्यक सम्वांद गरिरहेका छौं । र हामी चाहान्छौ की यो सेयर कारोबारले एउटा सहज रुप लियोस् र लगानीकर्ताको लगानी डुब्न नपरोस् त्यसप्रति सरकार गम्भीर छ । यसलाई पारर्दशी बनाउने, नीतिगत सुधार र प्रक्रियागत सुधार र प्रणालीगत सुधार ल्याउने प्रति सरकार गम्भीर छ ।

हामी सरकारमा बसेका सबै लागौं, केमा लागौं भने आफ्नो–आफ्नो जिम्मेवारीलाई उच्च कर्तव्य निष्टताका साथ पुरा गर्ने तर्फ लागुम । जो जोसँग जे–जे जिम्मेवारी छ, त्यो पुरा गरौं । त्यो पुरा गर्न पुर्ण समर्पणका साथ काम गर्न लाग्नुपर्छ । त्यसमा दुई मत नै छैन् । त्यसमा हामी एउटा अभियान नै चलाउँ माननिय ज्यूको कुरालाइ मैले गम्भीरताका साथ लिएको छु र हामी सबैले पनि गम्भिरताका साथ लिनुपर्छ भन्ने मलाइ लागेको छ । सँगसँगै तपाई कुनै पेसा व्यवसायमा हुनुहुन्छ ? त्यसको आम्दानीले यथेष्ट आफ्नो आवश्यकता पुरा भएको छ या छैन ? त्यो अवस्थामा केहि पुँजी बँचाएर कही प्रतिफल राम्रो आउन सक्दछ भन्ने अनुमानका आधारमा लगानी गर्छ । अहिले यो इन्फरमेसन टेक्नोलोजीको कारणले सेयर बजारमा लगानी गर्न सहज भएको छ ।

यस्तो कारोबार गरिरहदाँ आफ्नो दक्षता, आफ्नो कार्यक्षेत्र जहाँ काम गर्छौ, त्यसलाइ नै कम्प्रोर्माइज गर्नुपर्छ भन्ने छैन् । बिहान बेलुका फुर्सदको समय, खाली समयमा सुचनाका आधारमा कसरी सेयर मार्केट तलमाथी भइराखेको छ, बजारको ट्रेन्ड के–छ, त्यसको आधारमा सेयर बजारमा लगानी गर्ने कुरालाई अनुचित ठान्नु हुदैन । त्यही कारणले हाम्रो जुन जिम्मेवारी छ, जहाँ हामी काम गर्छौ, त्यो कामलाई नै कम्पर्माइज गर्नुपर्छ भन्ने छैन् । हामी कसैले पनि आफ्नो कामलाई कम्प्रोर्माइज गरेर सेयर कारोबार गर्नुपर्ने जरुरी छैन र हुनु पनि हुदैन् ।

मलाई लाग्छ, यो सेयर बजारको यो जुन गीरावट छ, यो गिरावट अस्थायी हो । अहिले समग्र अर्थतन्त्र पनि त्यसमा सकारात्मक संकेतहरु देखिन थालेका छन् । चाहे यो पर्यटनको कारणले होस्, त्यसले होटल रेष्टुरेष्ट सेवा क्षेत्रमा पनि सकारत्मक प्रभाव पर्न थालेको छ । विनियोजन भएको बजेट खर्च हुन थालेको छ, त्यसले पनि पुँजी प्रवाह हुन्छ, त्यसै गरेर मौद्रिक नीतिमा पनि केहि काममा सुधार आएको छ ।(अर्थमन्त्री डा. महतले प्रतिनिधी सभाको प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नहरुमाथि दिएको जवाफको संसोधित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्