Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ प्रोटेक्ट योर मनि, सेक्युअर योर मनि भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE