Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशका विभिन्न स्थानमा गरी ११ वटा शाखा विस्तार

Hyundai
NCELL
NIMB

काठमाडाैं। राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको बिराटचोकमा शाखा विस्तार भएको छ ।

यस्तै मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङको पनि कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ । यसपश्चात बैंकको देशभर २ सय ८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र तीनवटा शाखा कार्यालयसहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्