Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय दीगो पर्यटन क्लबका विद्यार्थीहरुलाई एक दिने ‘फोटोग्राफि अभिमुखिकरण’

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय दीगो पर्यटन क्लबका विद्यार्थीका लाागि एक दिने पर्यटन फोटोग्राफी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा द ग्लोवल ट्रावल एण्ड टुरिजम पार्टनरसीप (जीटीटीपी) मा आवद्ध टुरिजम रिसर्च एण्ड टे्रनिङ इन्टिच्युट (टीआरटीआई) को सहकार्यमा आयोजना गरिएको सो कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा काठमाण्डौं उपत्यकाका विभिन्न १० वटा विद्यालयका ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा नेशनल स्कुल अफ फोटोग्राफीका सञ्चालक तथा वरिष्ठ फोटो पत्रकार मधुसुदन थापाले फोटोग्राफीका सैद्धान्तिक तथा व्यावहारिक विषयवस्तुका बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । यस्तै, कार्यक्रममा उपप्राध्यापक तथा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले नेपालको पर्यटन, यसको महत्त्व, पर्यटन प्रर्वद्धनमा विद्यार्थीको भूमिका तथा फाटोग्राफीको आचारसंहिताबारे अभिमुखिकरण दिए ।

यस्तै, राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य तथा फोटोपत्रकार प्रदीप श्रेष्ठले फोटोग्राफीमा क्यामेरा तथा मोवाईल फोटोग्राफीका बारेमा अभिमुखिकरण गरेका छन् ।

कार्यक्रममा (जीटीटीपी) का कन्ट्री म्यानेजर तथा (टीआरटीआई) का पे्रसिडेन्ट मदनकुमार बरालले (टीआरटीआई) ले देशका विभिन्न जिल्लाका ७० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब स्थापना गरि विद्यायलस्तर देखि नै बालबालिकामा पर्यटनसंग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्