Skip to content
Shikhar Insurance
National Life

राष्ट्रपति पौडेलद्वारा संसद भवन जाँदा ‘तामझाम’ नगर्न निर्देशन

Hyundai
NCELL
NIMB

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुने गरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ ।

गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पौडेलको तयारी रहेको पोखरेलले बताए । ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पूरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्