Skip to content
Shikhar Insurance
National Life

रारा हाइड्रोले १ लाख २० हजार जनालाई पर्ने आईपीओ जारी गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२,००,०००/– कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ ।

बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच कम्पनीले मेगा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीका तर्फबाट संचालक शंकर लाल वैद्य तथा मेगा क्यपिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी सेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्