काठमाडौं । कुमारी बैंकले रामचन्द्र खनाललाई सिईओ नियुक्त गरेको छ । मंगलबार बसेको बैंक संचालक समिती बैठकले खनाललाई सिईओ बनाउने निर्णय गरेको हो । उनी कुमारी बैंकमै निमित्त सिईओको जिम्मेवारीमा थिए । कुमारी बैंक बिगत ९ महिनादेखि सिईओ बिहिन थियो । सुरेन्द्र भण्डारीले बैंक छोडेपछि सिईओ खाली थियो । पछिल्लो समय बैंक खराब धितोमा सेटिङमा ऋण लगानी गरेको काण्डमा फसिरहेको छ ।
रामचन्द्र खनाल बने कुमारी बैंकको सिईओ

प्रतिक्रिया दिनुहोस्