Skip to content
Shikhar Insurance
National Life

रामआशिष पासवानको बदमासीः आफ्नो जग्गा नबिकेपछी अर्काको जग्गालाई मसानघाट भनेर प्रचारवाजी

Hyundai
NCELL
NIMB

वीरगञ्ज । पर्साका रामआशिष पासवानले गलत नियतले चौधरी समूहको बद्नाम गर्न सरकारी निकायमा उजुरी गरेको तथ्य खुलासा भएको छ । पर्साको चोनी गाविस वडा नं १ मा रहेको उनको चार कठ्ठा जग्गा चौधरी ग्रुपले खरिद नगरेपछि उनी सार्वजनिक जग्गा अतिक्रमित भयो भन्दै मिडिया बाजीमा उत्रिएका हुन् ।

उनको जग्गासँगै जोडिएको जमिन चौधरी समूहले खरिद गरेर सिजी लजिस्टिक पार्क खोल्न लागेका छन् । उनले चलन चल्तीभन्दा दोब्बर मूल्यमा जग्गा बेच्न खोजेका थिए । यो सबै पासवानको फट्याइ हो । उनले (पासवान) महंगोमा जमिन बेच्न चाहेका थिए । चलन चल्तीभन्दा दोब्बर मूल्यमा जमिन कसले किन्छ र ? अखिलेश कुमार यादवले भने, ‘त्यो जग्गा किनिदिएको भए यो उजुरी सुजुरी केहि हुन्थेन । जग्गा नकिनिदिएपछि उसले यो सबै फट्याइँ गरेको हो ।’

वीरगञ्ज महानरगपालिका वडा नं. ३२ (साविकको चोनी गाविस वडा नं ५) का स्थानीय पासवानविरुद्ध स्थानीय नै आक्रोशित भएका छन् । पासवानकै कारण उद्योग नखुल्ने हो कि भन्ने चिन्ता स्थानीयले गर्न थालेका छन् ।

स्थापनयले भने ‘गाउँमा उद्योग आउने भयो भनेर हामी खुसी थियौं । हामीले त रोजगारी पनि पाउँथ्यौ नि । तर यो फटाहाका कारण उद्योग नै नआउला कि भन्ने भयो । यसलाई त समाजिक बहिष्कार गर्नुपर्ने भयो’ अर्का स्थानीय शम्भु महतोले भने,‘उसले आफ्नो जग्गा बेच्न खोजेको थियो । चौधरी ग्रुपले किनेन । त्यसपछि उसले चौधरी ग्रुपलाई बद्नाम गर्न यो सबै कर्तुत गरेको हो ।’

स्थानीयका अनुसार चौधरी समूहले खरिद गरेको जग्गा न सार्वजनिक नै हो, न त्यहाँ मसानघाट छ । कतिपय सञ्चारमाध्यममा तथ्य नबुझी पासवानकै कुरालाई आधार बनाएर समाचार प्रकाशित गरेका हुन् । मिडियाले पनि कुरै नुबझी पासवानको कुरामा विश्वास गरेर समाचार बनाए, स्थानीय अनिल मण्डलले भने, ‘त्यहाँ कुनै पनि सार्वजनिक जग्गा मिचिएको छैन ।’

महतोले भने, रामआशिषले भनेको मसानघाट पर्सा जिल्लामा नै पर्दैन । त्यो त बारा जिल्लामा कियासोत खोला पारी पर्छ । आफ्नो जग्गा विक्रि भएन भन्दैमा जे मन लाग्यो त्यहि बोल्न त पाईएन नि । यसले हाम्रो गाउँकै ईज्यतमा धक्का लागेको छ । रामआशिषको आरोपपछि मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयले समेत जग्गाको अवस्थाका बारेमा अध्ययन गरेका छन् ।

फिल्ड बुकको रेकर्ड र फिल्डमै पुगेर पनि वास्तविकता हेरिसकिएको छ । तर, कहिँकतै उनले लगाएको आरोप पुष्टि हुदैन । जिल्ला प्रशासन कार्यालयले गलत विवरण दिने रामआशिष र सम्वन्धितहरुलाई कार्वाहीको प्रकृया पनि अगाडि बढाएको छ । यिनिहरु सबै पैसा धुत्का लागि पल्किएका पात्र हुन् । अहिले लुकी लुकी हिडेका छन् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्