Skip to content
Shikhar Insurance
National Life

राज्य बुढेसकालको सहारा र कमजोर तथा असहायहरुको आड–भरोसा बनोस् : प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाईं लड्नुपर्ने बताएका छन् । बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नुपर्ने बताए । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने प्रतिवद्धता जनाए ।

उनले आफू नेतृत्वको सरकार बालबालिका सडकमा नभइ विद्यालयमा भेटिने, किसानले कृषि उपजको बजार र मूल्य पाऊने, अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाऊने, राज्य बुढेसकालको सहारा बन्नुपर्ने र कमजोर र असहायहरुको आड–भरोसा बन्नेतिर केन्द्रित रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक – कार्ययोजना तयार पार्ने, नीतिगत रुपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कार्ययोजनाहरु बनाउने कामले तिब्रता पाएको उल्लेख गरे ।

उनले मौलिक हक कार्यान्वयनका लागि आर्थिक स्रोत जुटाउन सरकार लागिपरेको उल्लेख गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्