Skip to content
Shikhar Insurance
National Life

राजीनामा दिँदै साउदले भने: कानुन फेर्नुपर्छ, ‘गिल्टी’ नहुँदा नहुँदै पद छाडेँ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (राजीनामा दिइसकेका) चन्द्रसिंह साउदले आफू दोषी नहुँदै राजीनामा दिएको बताएका छन् । राजीनामा दिएलगत्तै पत्रकार सम्मेलन गरेका साउदले अनुसन्धानमा सघाउन राजीनामा दिएको बताएका हुन् ।

आफूले आफ्नो श्रीमतीको नाममा सूचीकृत नभएको सेयर खरिद गरेको स्वीकार्दै उनले नेपालको कानुनले नेप्से सञ्चालकले त्यस्तै सेयर किन्न नपाउने कुनै कानुनमा नभएको बताए । “म सीईओ सहित सञ्चालक समिति सदस्य पनि हुँ । हाम्रो नियमावलीले सूचीकृत नभएका सेयर किन्न नपाउने व्यवस्था गरेको छैन,” साउदले थपे, “म सजायको भागीदार बन्न कानुन नै संशोधन गर्नुपर्छ ।”

उनले यस्तो काम वर्जित गर्नु कानुन नै बनाइनु पर्ने, इन्साइडर ट्रेडिङसम्बन्धी कानुनी व्यवस्था गरिनुपर्ने तथा नेप्सेको नियमावली सार्वजनिक पहुँचमा राखिनु पर्ने जिकिर गरेका छन् ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू निर्दोष प्रमाणित भए प्रमुख कार्यकारीमा दोहोरिन सक्ने पनि संकेत गरे । “मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ । यसले अनुसन्धानमा सघाओस् भन्ने मेरो अपेक्षा छ,”साउदले थपे, “अनुसन्धानमा ‘नो गिल्टी’ प्रमाणित भएको खण्डमा र ओहोदामा रहेकाले मलाई विश्वास गरेमा दोहोरिने स्पेस पनि छ ।” सेयर खरिद प्रकरणअघि साउद नेप्सेमा दोहोरिने चर्चा थियो ।

साउदको चार वर्षे कार्यकालमा नेप्सेमा केके भयो ? 

 

GBIME

प्रतिक्रिया दिनुहोस्