Skip to content
Shikhar Insurance
National Life

राजस्व अनुसन्धान विभागले पौडेललाई हाल्यो करिब साढे २ करोड मागदाबीसहितको मुद्दा

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौं, शान्तिनगरस्थित बस्ने सुनील पौडेलविरुद्ध दायर दर्ता गरेको छ । पौडेलले विदेशी विनिमय ऐनको दफा व्यवस्था विपरितको कसूर गरेको पाइएकाले विभागले निज उपर साउन २ गते काठमाडौं जिल्ला अदालतमा अभियोग दायर दर्ता गरेको हो ।

प्रतिवादी पौडेलले सो व्यवस्था विपरित सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको सम्बन्धमा विभागले अनुसन्धान गरेको थियो ।

विभागले उक्त बैंक खातामा जम्मा भएको अमेरिकी डलर ५८ हजार रुपैयाँको हिसाबले हुन आउने नेपाली ७७ लाख ४५ हजार ९ सय रुपैयाँ विगो कायम गरी सोही ऐनको दफा बमोजिम विगो ७७ लाख ४५ हजार ९ सयको तेब्बर २ करोड ३२ लाख ३७ हजार ७ सय जरिवाना हुन मागदावी गरेको छ ।

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ मा नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्