Skip to content
Shikhar Insurance
National Life

राजश्व संकलनमा सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ? : ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा एमालेका अध्यक्षा) का नेता केपी शर्मा ओलीले राजश्व संकलनमा सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ? भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि विदेशी कूटनीतिक नियोगका अधिकारी, दातृ निकायका प्रतिनिधिलाई लक्ष्यअनुरूप राजश्व उठाउन समस्या भइरहेको बताएको भन्दै ओलीले त्यस्तो प्रश्न गरेका हुन्।

‘सरकार प्रमुखले दातृ समदायसँगको ब्रिफिङमा राजश्व संकलन कठिनाइ भएको कुरा उल्लेख गर्न मिल्छ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ?,’ सरकारको नीति कार्यक्रमाथिको छलफलमा दलका तर्फबाट बोल्दै ओलीले प्रश्न गरेका थिए।

सरकार आफ्नो प्रारम्भिक, प्रथम कर्तव्यमै असफल भएको ओलीको टिप्पणी थियो। ‘त्यही असफलताको दस्तावेजका रूपमा नीति कार्यक्रम आएको छ,’ उनले भने।

GBIME

प्रतिक्रिया दिनुहोस्