Skip to content
Shikhar Insurance
National Life

राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन संकलन

Hyundai
NCELL
NIMB

तुलसीपुर । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन संकलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो ।

सुरुआतमा उक्त वडाको सुन्दर नगर टोलका ४०  जग्गाधनीबाट निवेदन संकलन सुरु गरिएको आयोजना प्रमुख शङ्कर सुवेदीले बताए। “राजधानी क्षेत्रमा जग्गा एकीकरणको काम अघि बढेको छ”, उनले भने, “पहिलो चरणमा हामीले ४० जग्गाधनीको निवेदन संकलन गरेका छौँ, यो क्रम नियमितरूपमा अगाडि बढ्नेछ ।”

प्रदेश पूर्वाधार प्राधिकरणद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनाले उक्त जग्गा एकीकरणका लागि पहिलो चरणमा उनीहरूबाट सो निवेदन संकलन गरेको हो । राप्ती–२ मा करिब ६५ बिघा जग्गा छनोट गरी कार्य अघि बढाइएको छ ।

उनका अनुसार जग्गा एकीकरणका लागि वडाको प्रत्येक टोलबाट निवेदन संकलन गरिनेछ ।  लामो समयदेखि राजधानी क्षेत्रको जग्गा फुकुवा नहुँदा स्थानीय वासिन्दा समस्यामा पर्दै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्