Skip to content
Shikhar Insurance
National Life

रबिन्द्र मिश्र र केपी ओलीबीच अढाई घण्टा भलाकुसारी, राजतन्त्रबारे छलफल

Hyundai
NCELL
NIMB

काठमाडौं । विवेकशिल साझा पार्टीका नेता रबिन्द्र मिश्र र एमाले अध्यक्ष केपी ओलीबीच अढाई घण्टा भलाकुसारी भएको छ । ओलीलाई भेट्न मिश्र आइतबार साँझ बालकोट पुगेका थिए । ओली र आफुबीच अढाई घण्टा कुराकानी भएको मिश्रले फेसबुकमा लेखका छन् । उनले भेटमा राजतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका बिषयमा कुराकानी भएको बताएका छन् ।

ओलीजीसँग अढाई घण्टा !
“तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छरु” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”
उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।
सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”
अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ ।

GBIME

प्रतिक्रिया दिनुहोस्