Skip to content
Shikhar Insurance
National Life

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव उपाध्याय नियुक्त

Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन्। सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।

डोटी जिल्लाको बोगटानफुटशिल गाउँपालिको खत्याडी गाउँ स्थायी ठेगाना भई हाल कैलालीको दुर्गौलीमा बसोबास गर्ने नवनियुक्त उपाध्यक्ष उपाध्यायसँग ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमा बसेर काम गरेको अनुभव छ । नेपाल विद्युत् प्राधिकरणको पूर्वअध्यक्षसमेत रहेका उनले सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत काम गरेका थिए।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शाहीले नवनियुक्त उपाध्यक्ष उपाध्याय ऊर्जा, जलस्रोत इलेक्ट्रिकल इन्जिनियरिङलगायत क्षेत्रमा अनुभवी व्यक्ति भएको बताए । हालसम्म आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्