Skip to content
Shikhar Insurance
National Life

सम्पत्ति शुद्धीकरणमा अनुजमणि-कालोधनलाई सेतो बनाएपछि ११ जनाविरुद्ध १.१० अर्बको मुद्दा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकका तत्कालीन सीईओ अनुजमणि तिमिल्सिना सम्पत्ति शुद्धीकरणमा पनि मुछिएका छन् । गायक योगेश्वर अमात्यको जग्गा काण्डमा तिमिल्सिनासहित ११ जना सम्पत्ति शुद्धीकरण गरेको तथ्य फेला परेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तिमिल्सिनासहित ११ जनाले कालोधनलाई सेतो बनाएको भन्दै बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

विभागले तिमिल्सिनासहित अन्य ११ जनाविरुद्ध एक अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दावीसहित अदालतमा मुद्दा दायर गरेको हो ।सम्पत्ति शुद्धीकरणमा कुमारी बैंकका तत्कालीन सीईओ तिमिल्सिनासहित मुक्तिनाथ गौतम, यस कुमार महर्जन, शोभा शाक्य, रेशमबहादुर सिलवाल, स्मृति जोशी, राम प्रसाद अधिकारी, इश्वर पोखरेल, कबिन्द्रराज शाक्य, कुशन प्रधान र मेरलायन प्रालिविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा परेको हो ।

उनीहरुले फर्जी कागजातका आधारमा मेरलायन इन्टरप्राइजेज कम्पनी प्रालिको नामबाट कर्जा लिएर सम्पत्ति शुद्धीकरण निवारण ऐनले निषेध गरेको कार्य गरि कालोधनलाई सेतो बनाएको निष्कर्ष निकाल्दै बिभागले मुद्दा दायर गरेको हो ।

उनीहरुले गैरकानूनी प्रक्रियाबाट एक अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ अपचलन गरेको अनुसन्धानले देखाएको छ । विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ ।

बारा जिल्लाको विश्रामपुरमा रहेको गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो । कुमारी बैंकका तत्कालिन सीईओ तिमिल्सिना लगायतको मिलोमतोमा १९ करोड रुपैयाँ ऋण लिईएको थियो ।

कीर्ते गरेको अभियोगमा प्रहरीले वीरगंजको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतको आदेश अनुसार सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यस्तै, राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंक वीरगंज शाखाले काठमाडौंको न्युरोडलाई कर्जा प्रवाह गरेको थियो । उतिबेला बैंकिङ कसुर सम्बन्धी मुद्धा नलगाएर लिखत सम्बन्धी कसुरमा मुद्दा चलाईएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्