Skip to content
Shikhar Insurance
National Life

यूनियन लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले यूनियन लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले इन्स्योरेन्सको ८.९७ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको हो ।

८.९७ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य ४७८ रुपैयाँ ११ पैसा कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्यको आधारमा इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । आइतबार कारोबारको दिन इन्स्योरेन्सको सेयर मूल्य ५२१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

उक्त समायोजित सेयर मूल्यमा इन्स्योरेन्सको सोमबार दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्