Skip to content
Shikhar Insurance
National Life

युवा वर्गलाई आकर्षित गर्न सिटिजन लाइफले ल्यायो ‘जेन जेड’ कार्यक्रम

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहकहरुलाई सहायता पु¥याउने“सिटिजन विथ जेन जेड” कार्यक्रम ल्याएको छ । बैंकले भविष्यका लागि जीवन बीमा र लगानीको महत्व बारे युवा वर्गहरु आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीको आन्तरिक कर्मचारीहरु आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरुमा सहभागी हुने साथै विभिन्न खेल्कुद प्रतियोगिताहरुमा सहभागी हुने अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ । साथै, यसै वर्षदेखि विविधतामा एकता पहलका साथै कम्पनीभित्र विभिन्न जात, धर्म र संस्कृतिक परिभाषाका कर्मचारीहरु मध्य विविधतामा समावेशिताको भावना जागाउनका लागी विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गराउने तयारी गरेकोे बैंकले जनाएको छ ।

पछिल्लोे समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालन लगायत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्