Skip to content
Shikhar Insurance
National Life

युवा पिँढीमा उद्यमशीलताको विकास गराउँदै माटो ब्राण्ड

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्गानिक ब्राण्ड माटोले आफ्नो पहिलो फ्रन्चाइज स्टोर सञ्चालनमा ल्याएको छ । सप्तरीका १९ वर्षीय किशोर आशिष कुमार यादवले काठमाडौंको नयाँ बानेश्वर, सुवर्ण मार्गमा उक्त स्टोर संचालनमा ल्याएका हुन् । माटो ब्राण्डका अन्य स्टोरहरु संचालनमा रहेपनि फ्रन्चाइज स्टोरमा भने यो पहिलो हो ।

राजधानीमा कम्प्यूटर एसेम्बेलिङको काम गर्दै आफ्नो अध्ययन खर्च जुटाउँदै आएका यादव मंगलबारदेखि गोल्यान ग्रुपले प्रवर्धन गरिरहेको अर्गानिक कृषि सामग्री बिक्री बितरण गर्ने माटो ब्राण्डको स्टोर सञ्चालक बनेका छन् । गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान र तिनै किशोरले संयुक्त रुपमा रिवन काटेर माटोको फ्रन्चाइज स्टोरको उद्घाटन गरे ।

गोल्यान ग्रुपले प्रवर्धन र बजारीकरण गरिरहेको माटो ब्राण्डको अर्गानिक कृषि उपजको फ्रन्चाइज स्टोर सञ्चालन गर्न पाउँदा तथा गोल्यान ग्रुप र माटोजस्तो प्रतिष्ठित ब्राण्डसँग सहकार्य गर्न पाउँदा आफुले गौरवान्वित महशुस गरेको आशिषले बताए ।

अर्गानिक कृषि उपजको उत्पादन, प्रसोधन तथा निर्यात बाट देशको अर्थतन्त्रलाई नयाँ उचाइ दिने सोचका साथ उद्योग व्यवसायबाट बिश्राम लिएर कृषि कर्ममा लागेको बताउने गोल्यानले आफु देशका कृषकहरुलाई आत्मनिर्भर बनाउँदै स्वदेशी कृषि उत्पादनको प्रवर्धनको अभियानमा रहेको , यो अभियान लाई माटो ब्राण्डबाट तिब्र बनाउँदै यसमा आबद्ध हुने किसान, कृषि उपज उत्पादक, व्यवसाय गर्न चाहनेहरुलाइ पनि क्रमिक रुपमा ब्राण्डसँग जोड्दै लैजाने योजना रहेको बताए ।

निकट भविष्यमा किसानहरुसँग काम गर्दै जाने योजनामा समेत रहेको, केही समयमा नै राजधानीमा एक सय बढी बिक्रीस्टोर सञ्चालन गर्दै त्यसमा आश्रित व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने , यसका लागि आशिष कुमार यादव जस्तै इच्छाशक्ति भएका युवाहरुमा उद्यमशीलताको विकास गराउन सके त्यसले मुलुकको अर्थतन्त्रलाइनै टेवा पुग्नेमा आशावादी रहेको समेत गोल्यानले बताए ।

आशिषले हिमालयन बैंकबाट १० लाख रुपैंया ऋण तथा गोल्यान ग्रुपको प्रवर्धनमा माटो ब्राण्डको फ्रन्चाइज स्टोर संचालनमा ल्याएका हुन्।

GBIME

प्रतिक्रिया दिनुहोस्