Skip to content
Shikhar Insurance
National Life

युवाले देश बनाउने संकल्प गर्नुपर्छ : एमाले महासचिव पोखरेल

Hyundai
NCELL
NIMB

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने संकल्पसहित युवा अगाडि बढ्नुपर्ने बताएका छन् । आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले युवाले संकल्प नगरेसम्म देश विकास नहुनेसमेत बताएका हुन् ।

उनले आफ्नो पार्टीमा आवद्ध युवालाई समाज बदल्ने पार्टीका अभियानमा कटिबद्ध भएर लाग्नसमेत आग्रह गरे । उनले भने,“देश बनाउने बेलामा देश छाड्ने युवाको लर्को धेरै छ, योबेला देशलाई देश छाड्नेभन्दा देश बनाउने युवाको आवश्यकता छ । त्यसैले आम युवालगायत नेकपा (एमाले) मा आवद्ध सबै युवालाई देश बनाउने संकल्पसहित अगाडि बढ्न आग्रह गर्दछु ।”

जनताले समस्या पर्दा पार्टीलाई नभई युट्युबर र अभियन्तालाई खोज्ने अवस्था सृजना भइरहेको भन्दै उनले पार्टीलाई जनतासंग जोड्ने एजेण्डा लिएर जनताको घरदैलोमा जान आवश्यक रहेको समेत बताए । यस्तै, ‘मिसन ८४’ सफल पार्न जनतासँग नजिक रहेर काम गर्न पनि उनको आग्रह थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोमप्रसाद मिश्र, तुलसा दाहाल, एमाले बागमति प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष वासुदेव थापा, सचिव मोहनबीर श्रेष्ठलगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । त्यसअवसरमा मध्यपुरथिमिमा जिब्रो छेडेर संस्कृति जोगाउन लाग्ने सुजन बागश्रेष्ठलाई सम्मान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्