काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले ३५ करोड ३८ लाख ६० हजार ५ सय रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६ सय ५ कित्ता साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैयाँ अंकित दरले उक्त सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्