Skip to content
Shikhar Insurance
National Life

युनाईटेड इदी मर्दीले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

Hyundai
NCELL
NIMB

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले मंसिर २८ गते, बुधबार १३ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्