Skip to content
Shikhar Insurance
National Life

युनाइटेड र अजोड इन्स्योरेन्सको भोलि एकदिन सिस्टम बन्द हुने

Hyundai
NCELL
NIMB

काठमाडौं। युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीको सफ्टवेयर सिस्टम भाेलि (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ। कम्पनीहरुले ‘डेटा माइग्रेसन’ प्रयोजनको लागि जेठ १२ गते शुक्रबार उक्त सिस्टम बन्द गर्न लागेको जनाएकाे छ

उक्त दिन कम्पनीका सम्पूर्ण कार्यालयहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द हुने बताइएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबारदेखि यी दुई कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन्। जेठ ९ गते धितोपत्र बोर्डबाट मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेसँगै एकीकृत कारोबारको लागि मिति तय गरेका हुन्। दुई कम्पनीले गत पुस २७ गते मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रहने छ। कम्पनीको प्रधान कार्यालय सिटिसी मलमा हुने कम्पनीले जनाएको छ। जेठ १४ गते आइतबारदेखि युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्