Skip to content
Shikhar Insurance
National Life

युएईबाट नेपालमा रकम पठाउन एनआईसी एशिया र एआई अन्सारी एक्सचेन्ज बीच साझेदारी

Hyundai
NCELL
NIMB

काठमाडौँ । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुलाई नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एन आई सी एशिया बैंक र एआई अन्सारी एक्सचेन्ज बीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ ।

समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २ सय ५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ । साझेदारी कार्यान्वयनमा आए पश्चात् अब एआई अन्सारी एक्चेन्सबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त एआई अन्सारी एक्चेन्स कम्पनीबाट पठाइएको रकम यस बैंकको जुन सुकै शाखामा रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्