Skip to content
Shikhar Insurance
National Life

यी हुन् १२ दिनमात्रै मन्त्री बन्ने ८ अनुहार

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतले ओली सरकारका २१ मन्त्रीलाई पदमुक्त गरेसँगै ८ जना मन्त्री इतिहासकै छोटो समय मन्त्री हुने व्यक्तिमध्ये बनेका छन् । आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेर मन्त्री बनेका कतिपय नेता १२ दिनमै मन्त्रालयबाट विदा भएका हुन् ।

१२ दिनमात्र मन्त्री बन्नेहरू गृहमन्त्री खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमनत्री राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा रामबहादुर थापापत्नी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, वन तथा वातावरण मन्त्री नारद मुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मन्त्री मोहन बानिया र वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी वि.क. हुन् ।

यी मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जेठ २७ गते मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्