Skip to content
Shikhar Insurance
National Life

यी हुन् सरकारका नजरमा परेका उत्कृष्ट १५ करदाता, कुन विधामा को ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले १० औं कर दिवसको अवसरमा यस वर्ष विभिन्न १५ विधामा सबैभन्दा धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ ।

बुधबार आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको एक कार्यक्रमका बिच अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले सर्वाधिक कर तिर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गरेको हो ।

यस वर्ष सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दुरसञ्चार कम्पनी नेपाल टेलिकम रहेको छ , भने सबैभन्दा धेरै कर तिर्ने करदातामा सिद्धार्थ शमसेर जबरा राणा रहेका छन् ।

विभागले वाणिज्य बैंक तर्फ नबिल बैंक, निर्यात कारोबारबाट सबैभन्दा बढी कर तिर्ने डाबर नेपाल, विशेष उद्योगमध्येबाट एसियन पेन्टस् (नेपाल) र कृषि एवं पशुपंक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रिटेकलाई सम्मान गरेको हो ।

यस्तै सम्मानित हुने कम्पनीहरुमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटल प्रालि, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, भाटभेटनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, घोराही सिमेन्ट, सूर्य नेपाल प्रालि इण्डष्ट्री, हिमाल पावर लिमिटेड, कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड आदि रहेका छन् ।

त्यसैगरी २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयममै बुझाएर नियमित कर सहभागिता जनाएका मध्ये आव २०७७/०७८ मा सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गर्ने करदाताका रुपमा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड रहेको छ ।

विभागले कर तिर्ने करदाताहरुको रकम भने खुलाएको छैन ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्