Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा भेरै कमाउने र गुमाउने कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०.४४ अंकले घटेर २०६८. ३१ मा पुगेर बजार बन्द भएको हो ।

बिहिबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार कालिका लघुवित्तको ७.७१ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिकको ६.६३ प्रतिशत, सन्राइज ब्लुचिप फण्डको ५.९३ प्रतिशत, गुडवील फाइनान्सको ५.४६ प्रतिशत, ग्रिन भेन्चर्सको ५.०९ प्रतिशत सहित ७५ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यसैगरी, आज(बिहिबार) कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.२८ प्रतिशत, भगवती हाइड्रोपावर डेभलपमेन्टको ५.४७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५.३१ प्रतिशत, स्वाभिमान लघुवित्तको ४.७९ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ४.७९ प्रतिशत सहित २०९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्